ओली समूह नेकपाबाट उप्किएको ‘चोइटा’ हो : झलनाथ खनाल « Khabarhub

ओली समूह नेकपाबाट उप्किएको ‘चोइटा’ हो : झलनाथ खनाल


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दहाल–नेपाल समूहका नेता झलनाथ खनालले ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका छन ।

आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले आफूहरु आधिकारिक नेकपा भएको दाबी गर्दै ओली समूहलाई नेकपाबाट उप्किएको चोइटाको संज्ञा दिएका हुन ।

‘नेपाल कम्युनिस्ट पार्टी हामी हौँ। ओली फुटेर गएको चोइटा हो। रुखबाट पनि केही चोइटा जान्छ,’ उनले भने ।

नेता खनालले नेकपाभित्र ओलीतन्त्र चल्न थालेपछि समस्या भएको आरोप लगाएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले नेपाल अस्थिरतातर्फ धकेलिएको आरोप लगाए ।

नेता खनालले ओली प्रतिक्रियावादीहरुको एजेन्ट, प्रतिक्रान्तिको नायक भएको समेत आरोप लगाए।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : ४७ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार