ओलीको ‘स्वेच्छाचारी हमला’विरुद्ध उत्रिन जनजाति नेतालाई प्रचण्डको आग्रह (भिडियोसहित) « Khabarhub

ओलीको ‘स्वेच्छाचारी हमला’विरुद्ध उत्रिन जनजाति नेतालाई प्रचण्डको आग्रह (भिडियोसहित)


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकलाई ठूलो संकटमा पुर्‍याउने कोशिस भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मुलुकलाई ठूलो संकटमा पुर्‍याउन लागेको आरोप लगाउँदै उनको ‘स्वेच्छाचारी हमला’ लाई रोक्न सबै एकत्रित भएर आन्दोलनमा होमिनुको विकल्प नभएको बताएका हुन् ।

बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानलाई बेवास्ता गर्दै संसद विघटन गर्ने र मुलुकलाई ठूलो संकटमा पुर्‍याउने कोशिस भएकाले यसलाई जनताले नै रोक्नुपर्ने बताए ।

उनले अहिलेको संवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जाने धारणा राखे । आफ्नै पार्टीको नेताले संविधानको मर्म र भावनालाइ कुल्चने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ थियो ।

हेर्नुस् भिडियो

अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन समेत अपिल गरे ।

कार्यक्रममा दाहाल -नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपालले आफूहरु नै मुल पार्टी भएको भन्दै ओलीले गुटमात्र चलाइरहेको आरोप लगाएका थिए ।

कार्यक्रमका अन्य सहभागीहरुले संविधानको रक्षा गर्दै आदिवासी लगायतको अधिकार स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ०७ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ