एनएनआईपीए स्पोर्टस अवार्ड आज « Khabarhub

एनएनआईपीए स्पोर्टस अवार्ड आज


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले एनएनआईपीए स्पोर्टस अवार्ड आज वितरण गर्दैछ ।

मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुने अवार्ड कार्यक्रम अपराह्न २ बजे सुरु हुनेछ ।

अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिइने छ ।

सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १/१ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले जनही १०/१० हजार पाउने छन् ।

प्रतिभावान महिला र पुरुष खेलाडीले ५०/५० हजार रुपैयाँ पाउने छन् ।

संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ ।

यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : ०१ बजे

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला