प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री ढुक्क हुनुहन्छ : नेम्वाङ « Khabarhub

प्रतिनिधिसभा विघटन सदर हुनेमा प्रधानमन्त्री ढुक्क हुनुहन्छ : नेम्वाङ


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा नेता सुबास नेम्वाङले प्रतिनिधिसभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क रहेको बताएका छन् । उनले प्रधानमन्त्रीमाथि आफूलाई पनि साह्रै विश्वास रहेको बताएका छन्।

शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली २ सय प्रतिशत विश्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री सयमा दुई सय प्रतिशत संसदको विघटन फिर्ता हुँदैन, अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यूमाथि मलाई साह्रै विश्वास छ, हामीलाई साह्रै विश्वास छ।’

उनले अहिले देशै निर्वाचनमय भएको भएको बताए। उनले विपक्षमा रहेका दलहरु पनि वडा तहसम्म चुनाव चिन्ह लिएर प्रचार गर्दै हिँडेको बताए।

उनले सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट भोट माग्दै विज्ञप्ति निकाल्ने बताए।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : २७ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको