नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग « Khabarhub

नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पुर्‍याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् ।

बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका सात दशक, नेपाली काँग्रेस, नीति, नेतृत्व, सङ्घर्ष र युवा पुस्ता’ विषयक विचार विशेष बहस कार्यक्रममा उनीहरुले युवालाई व्यवस्था परिवर्तनको आन्दोलनमा प्रयोग गर्ने र सफलतापछि बिर्सने परिपाटीको अन्त्य गरिनुपर्नेमा जोड दिएका हुन् ।

पूर्वमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले अबको महाधिवेशनले पार्टीको नेतृत्व तहमा युवालाई स्थापित गर्ने उल्लेख गर्दै नेतृत्वको जिम्मेवारी बहन गर्ने गरी युवा पुस्ता तयार हुनुपर्ने बताए ।

नेता उमाकान्त चौधरीले बिपीको पालामा देशको संविधान र पार्टीको विधान समावेशी नभएपनि कर्म समावेशी भएको तर अहिले दुवै कानून समावेश भएपनि व्यवहार त्यस अनुरुप हुन नसकेको बताए ।

युवालाई नेतृत्वमा स्थापित गर्न समावेशी कर्म गर्न पार्टीका नेतृत्वलाई उनले सुझाव दिए । नेतृ महालक्ष्मी (डीना) उपाध्यायले मुलुकले खोजेजस्तो लोकतन्त्र अझै स्थापना हुन नसकेकाले सङ्घर्ष चलिरहेको बताउनुभयो । नेता गुरुराज घिमिरेले संयुक्त राष्ट्र सङ्घले नै जारी गरेको प्रतिवेदनमा विश्वका दुई तिहाई मुलुकमा राजनीतिक परिवर्तन युवाका कारण हुने गरेको बताउँदै आन्दोलन सफल भएपछि भने वास्ता नगर्ने गरेको धारणा व्यक्त गरिन् ।

परिवर्तनपछि चुप लागेर बस्दा पनि युवा नेतृत्वमा आउन नसकेकाले अब जागरुक हुन उनले आह्वान गरिन् । मञ्चका अध्यक्ष नीलकण्ठ रिजाललगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध युवाले सबै क्षेत्रमा युवाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ४० बजे

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका