स्वास्थ्य परीक्षण गरी भारतबाट फर्किए वरिष्ठ नेता खनाल « Khabarhub

स्वास्थ्य परीक्षण गरी भारतबाट फर्किए वरिष्ठ नेता खनाल


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतबाट स्वदेश फर्किएका छन् ।

स्वास्थ्य उपचारका लागि माघ ३० गते दिल्ली गएका खनाल शनिबार अपरान्ह काठमाडौं फर्किएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल दिल्लीको एपोलो अस्पतालमा उपचार गराउन गएका हुन् । एक साता लामो उपचारपछि उनी स्वदेश फर्किएका हुन् ।

स्वास्थ्य परीक्षण रिपोर्टअनुसार अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको आरोप बताए ।

उनले आफू भारतमा रहँदा कुनै पनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारे ।

आफ्नो देशको समस्या आफैँ हल गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको उनले बताएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ५७ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा