पूर्व मन्त्री तामाङ र नेतृ राई ओली समूहमा फर्किए | Khabarhub Khabarhub

पूर्व मन्त्री तामाङ र नेतृ राई ओली समूहमा फर्किए


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनीहरु आफ्नो समूहमा फर्किएको बताएका हुन् ।

प्रचण्ड–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि  उनीहरु ओली समूहमा फर्किएको उनले बताए ।

पार्टी कार्यक्रमका शिलशिलामा आफू सिन्धुपाल्चोकमा रहेको बताउँदै पूर्वमन्त्री तामाङले प्रचण्ड–नेपाल समूहको दृष्टिकोण गलत भएकाले आफूले केपी ओलीलाई साथ दिने निष्कर्षमा पुगेका छन् ।

संसद विघटन प्रधानमन्त्रीको राजनीतिक कदम भएको बताउँदै नेता तामाङले अदालतले गर्ने फैसला सबैले स्वीकार गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि तामाङ दम्पती  प्रचण्ड–नेपाल समूहलाई साथ दिँदै आएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ४ : ४१ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही