घुस अभियोगमा मालपोतका दुई कर्मचारी पक्राउ « Khabarhub

घुस अभियोगमा मालपोतका दुई कर्मचारी पक्राउ


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु छ लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिश पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ ।

उनीहरूले द्रूततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ ।

आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले रु छ लाख घुस लिइरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित जर्गा होटलबाट पक्राउ गरिएको हो ।

उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : ०३ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले