भारतबाट आइतबार १० लाख डोज कोरोनाको खोप ल्याइँदै « Khabarhub

भारतबाट आइतबार १० लाख डोज कोरोनाको खोप ल्याइँदै


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सरकारले आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप ल्याउने भएको छ ।

आइतबर एयर इन्डिया दिल्ली-काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा सो खोप आइतबार ल्याउन लागेको जानकारी दिएको हो ।

खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ४७ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर