१० किलोमिटर दौडको उपाधि सन्तोषी र गोपीचन्द्रलाई « Khabarhub

१० किलोमिटर दौडको उपाधि सन्तोषी र गोपीचन्द्रलाई


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर दौडको उपाधि सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको प्रतिस्पर्धामा एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा र सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्डमा दौड पूरा गर्दै ६०–६० हजार रुपैयाँ र स्वर्ण पदक जिते ।

दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्ड र ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।

गत वर्ष भएको दक्षिण एशियाली खेलकुदमा सन्तोषीले १० किलोमिटरमा र गोपीले ५ किलोमिटरमा स्वर्ण पदक जितेका थिए ।

सन्तोषीको यो वर्षको तेस्रो उपाधि हो । फागुनमा धरान १० किलोमिटर र गत साता गोल्डेन एथलेटिक्स मिटमा ३ किलोमिटरमा स्वर्ण पदक जितेकी थिइन् । गोपीको वर्षको यो दोस्रो उपाधि हो । मंसिरमा नेपालगन्ज म्याराथनको उपाधि जित्दै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई दोस्रो र एपिएफकी फूलमती राना तेस्रो भए । यस्तै, पुरुषतर्फ अनिष थापा दोस्रो र तीर्थ पुन तेस्रो स्थान प्राप्त गरेका थिए । दुवैतर्फ दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको १० किलोमिटर रोड रेसमा ४ सय जना सहभागि थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ४५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क