यस्तो छ प्रियकाको रेष्टुरेन्टको भित्री रुप « Khabarhub

यस्तो छ प्रियकाको रेष्टुरेन्टको भित्री रुप


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस आफ्नो नयाँ रेष्टुरेन्ट ‘सोना’ खुलेपछि उत्साहित छिन् । उनले आफ्नो प्रोजेक्टसँगै रेष्टुरेन्टको प्रचारको काम पनि शुरु गरेकी छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा रेष्टुरेन्टको वेबसाइटको लिंक शेयर गर्दै त्यसको इन्टेरियरको रुप पनि पोस्ट गरेकी छन् । उनको रेष्टुरेन्ट अमेरिकाको न्यूयोर्कस्थित २० वी स्ट्रीटमा छ ।

आजतकमा प्रकाशित समाचारअनुसार रेष्टुरेन्टको भित्र काठका सामाग्री प्रयोग गरिएको छ । तस्वीरमा रेष्टुरेन्टमा दुई किसिमको बस्ने व्यवस्था मिलाइएको छ ।

जसमा एकातिर टेबल, कुर्सी र पर्खालसँग टासिएको बेञ्च छ । अर्कोतर्फ सोफा र टेबलको कम्बाइनेसन मिलाइएको छ । हरेक टेबलमा मिनी ल्याम्प र प्लेट–ग्लास राखेको देख्न सकिन्छ ।

रेष्टुरेन्टमा लाइटिङको कम्बाइनेसन पनि राम्रो मिलाइएको छ । उनले आफ्नो निक नेम मिमीको नामबाट प्राइभेट डाइनिङ रुम रेष्टुरेन्टमा बनाइएकी छन् ।

सोनाको वेबसाइट अनुसार यो डाइनिङ रुममा ८ देखि ३० व्यक्तिसँगै खाना खान सक्छन् । प्रियंकाकी बहिनी परिणीति चोपडा प्रियंकालाई ‘मिमी दिदी’ भनेर बोलाउछिन् ।

यो रेष्टुरेन्ट मार्च अन्त्यसम्म सञ्चालनमा आउनेछ । यो रेष्टुरेन्टमा खाना खानका लागि मानिसहरु मंगलबादेखि शनिबारसम्म साँझ ७ बजेदेखि रात ११ बजेसम्म जानसक्छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ४ : २५ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ