‘सी’ डिभिजन लिग : वीरगन्ज युथ एकेडेमी विजयी « Khabarhub

‘सी’ डिभिजन लिग : वीरगन्ज युथ एकेडेमी विजयी


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वीरगञ्ज एकेडेमीले महावीर क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । वीरगञ्जका लागि सिर्जनराम गौतम, लक्ष्मण चौधरी र कृष्ण शाक्यले एक–एक गोल गरे ।

खेलको २०औँ मिनेटमा वीरगञ्जका लागि गौतमले पहिलो गोल गरेका थिए । खेलको ६६औँ मिनेटमा चौधरीले दोस्रो गोल गर्दै खेललाई २–० को अवस्थामा पर्‍याए । यस्तै खेलको ७५औँ मिनेटमा शाक्यले वीरगञ्जका लागि तेस्रो गोल गर्दै ३–० का साथ आफ्नो टोलीलाई जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा रहेको वीरगञ्जले दुई खेलबाट छ अङ्क जोडेको छ । महावीर अङ्कविहीन अवस्थामा छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ४५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा