दमकमा निर्माण हुँदै एकीकृत सहकारी बस्ती « Khabarhub

दमकमा निर्माण हुँदै एकीकृत सहकारी बस्ती


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा- दमकस्थित मेची सहकारी संस्थाले एकीकृत सहकारी बस्ती निर्माण शुरू गरेको छ । जानकारीमा आए सम्म यस प्रकारको बस्ती नेपालकै पहिलो रहेको संस्थाको भनाइ छ ।

२४ वर्ष अघि स्थापित संस्थाले ५२ ओटा एकै प्रकृतिका घर रहने सहकारी बस्ती बनाउन थालेको हो । दमक ४ मा १ विगाहा १६ कट्ठा जमिनमा बस्ती निर्माण शुरू भएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

संस्थाले आँफै जमिन खरिद गरी घर नभएका सदस्यलाई लक्षित गरी एकीकृत बस्ती निर्माण शुरू गरेको उनको भनाइ छ । प्रत्येक घरको लागत ३३ लाख रुपैयाँ रहने संस्थाका उपाध्यक्ष पदम थापाले जानकारी दिएका छन् ।

अनुदान होईन, सहुलियत

संस्थाले घर नभएका सदस्यलाई अनुदानमा उपलव्ध गराउन नभइ सहुलियतका लागि एकीकृत बस्ती बनाउन थालेको जनाएको छ । २ वर्ष अघि ४ करोड १७ लाखमा खरिद गरिएको जग्गा हाल खरिद गरेकै समयको मुल्यका आधारमा उपलव्ध गराईने र एकै पटक धेरै घर बनाउँदा लागत पनि कम हुने भएकाले सदस्यले सहुलियत महसुस गर्ने सहकारी बस्ती निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेले बताए ।

घरको मुल्य करिव ३३ लाख पर्ने र ८ देखि १२ धुरसम्मका घडेरीसहितको मुल्य ४३ देखि ५१ लाख रुपैयाँ पर्ने संस्थाका प्रवन्धक खोमप्रसाद बगालेले जानकारी दिए । तर सदस्यहरुले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधी उपलव्ध गराईने उनको भनाइ छ ।

संस्थाले घर तथा जग्गाको स्वामित्व घरधनी शेयर सदस्यलाई हस्तान्तरण गरे पनि ५ वर्ष बिक्री गर्न नपाईने नियम बनाईएको छ । आगामी वर्षको भदौ सम्ममा बस्ती निर्माण पूरा गरी हस्तान्तरण गर्ने संस्थाको लक्ष्य छ ।

एक स्थानीय तह, एक एकीकृत बस्ती

झापा, मोरङ र इलामका ८ स्थानबाट कारोवार गरी रहेको संस्थाले आफ्नो प्रत्येक कारोवार स्थानीय तहमा एकीकृत सहकारी बस्ती विकास गर्ने लक्ष्य रहेको जनाएको छ ।

पहिलो बस्तीको नतिजा अनुसार अन्यत्र पनि बस्ती विकास गरिने अध्यक्ष भट्टराईको भनाइ छ । सदस्यहरुको आय स्तरका आधारमा पहिलो बस्ती भन्दा कम र बढि लागतका बस्तीको अवधारणा ल्याईने उनको भनाइ छ ।

सहकारी बस्तीका घर ओगटेर खरिद बिक्री गरी कसैले नाफा कमाउने अवस्था नआओस भनेर यो नियम बनाईएको अध्यक्ष भट्टराईले बताए । कम आयस्तर भएका सदस्यहरुलाई लक्षित गरी यस पछि अर्को एकीकृत बस्ती निर्माण गरिने उनको भनाइ छ । ८ हजार शेयर सदस्य रहेको संस्थाको शेयरपूँजी हाल करिव २९ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ३५ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि