नाना भन्छन्, ‘मनीषालाई मिस गर्छु’ « Khabarhub

नाना भन्छन्, ‘मनीषालाई मिस गर्छु’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा कैयौं प्रेमकथाको अन्त्य ब्रेकअपमा टुंगिएको छ । यो सूचीमा एउटा नाम नाना पाटेकर र मनीषा कोइरालाको पनि आउछ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार नाना २१ वर्षकी कान्छी मनीषालाई मनपराउथे । उनीहरुले पहिलोपटक फिल्म ‘खामोशीः द म्यूजिकल’मा काम गरेका थिए । यो फिल्ममा उनीहरु बाबु–छोरीको भुमिकामा देखिएका थिए ।

यो फिल्म पछि नाना र मनीषा फिल्म ‘अग्निसाक्षी’मा देखिए । ‘अग्निसाक्षी’मा अभिनय गरिरहँदा मनीषाप्रति नानाको आशक्ति अझै बढ्यो ।

नाना विवाहित भए पनि उनी मनिषालाई भेट्न उनको घर जान्थे । यद्यपि उनी आफ्नो पत्नीबाट अलग्गै बस्दथे ।

मनीषा पनि नानाको घरमा प्रायः गइरहन्थिइन् । तर केही समयपछि उनीहरुको सम्बन्धमा दरार आयो ।

‘उनी सबैभन्दा संवेदनशिल अभिनेत्रीमध्ये एक हुन् । मसँग उनको लागि भन्ने कुरा केही छैन । किनकी ब्रेकअप सबैभन्दा पीडादायी क्षण हुँदो रहेछ । तपाईंलाई यो अनुभव लिनका लागि यसको चोट सहनुपर्छ । म आफ्नो पीडालाई बयान गर्न सक्दिनँ । म मनीषालाई मिस गर्छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १ : ४० बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान