सुशान्तको बायोपिक रोक्न माग « Khabarhub

सुशान्तको बायोपिक रोक्न माग


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ ।

यो उजुरी सुशान्तका पिताले दिएका हुन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सूचना जारी गरेको छ ।

आजतकमा प्रकाशित समाचारअनुसार हालै मात्र यो फिल्मको टिजर रिलिज भएको थियो । जसमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीलाई पनि देखाइएको थियो ।

फिल्ममा सुशान्तको भूमिकाको नाम महेन्द्र छ र यो भूमिकाका लागि जुबेर के खानलाई कास्ट गरिएको छ । फिल्ममा रियालाई उर्वशी भनेर बोलाइएको छ । यो भूमिका श्रेया शुक्लाले निभाएकी छन् ।

टिजरमा एक अभिनेताले आत्महत्या गर्ने र त्यसपछि कसरी जाँच एजेन्सीहरु यो जंजालमा फँस्छन् भन्ने देखाइएको छ । टिजरमा अमन वर्मा, असरानी र शक्ति कपूर देखाइएको छ ।

दिलीप गुलाटीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर बलिउडमा निकै बहस भइरहेको छ । यो फिल्म बनाउन सुशान्तको परिवारबाट कुनै किसिमको अनुमति लिइएको छैन ।

निर्माताले सुशान्तको मुद्धा पब्लिक डोमेनमा रहेकाले उनको बारेमा फिल्म बनाउन कसैको अनुमति आवश्यक नपरेको दाबी गरेका छन् । टिजर रिलिज भएपछि सुशान्तको परिवार निकै दुःखी छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : १० बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे