सुशान्तको बायोपिक रोक्न माग « Khabarhub

सुशान्तको बायोपिक रोक्न माग


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ ।

यो उजुरी सुशान्तका पिताले दिएका हुन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सूचना जारी गरेको छ ।

आजतकमा प्रकाशित समाचारअनुसार हालै मात्र यो फिल्मको टिजर रिलिज भएको थियो । जसमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीलाई पनि देखाइएको थियो ।

फिल्ममा सुशान्तको भूमिकाको नाम महेन्द्र छ र यो भूमिकाका लागि जुबेर के खानलाई कास्ट गरिएको छ । फिल्ममा रियालाई उर्वशी भनेर बोलाइएको छ । यो भूमिका श्रेया शुक्लाले निभाएकी छन् ।

टिजरमा एक अभिनेताले आत्महत्या गर्ने र त्यसपछि कसरी जाँच एजेन्सीहरु यो जंजालमा फँस्छन् भन्ने देखाइएको छ । टिजरमा अमन वर्मा, असरानी र शक्ति कपूर देखाइएको छ ।

दिलीप गुलाटीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर बलिउडमा निकै बहस भइरहेको छ । यो फिल्म बनाउन सुशान्तको परिवारबाट कुनै किसिमको अनुमति लिइएको छैन ।

निर्माताले सुशान्तको मुद्धा पब्लिक डोमेनमा रहेकाले उनको बारेमा फिल्म बनाउन कसैको अनुमति आवश्यक नपरेको दाबी गरेका छन् । टिजर रिलिज भएपछि सुशान्तको परिवार निकै दुःखी छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : १० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा