‘सरकारको आदेश कडाइका साथ कार्यान्वयन गराउने’ « Khabarhub

‘सरकारको आदेश कडाइका साथ कार्यान्वयन गराउने’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई कडा रुपमा कार्यान्वयन गराउने भएको छ ।

मंगलबार बसेको समिति बैठकले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रुपमा कार्यान्वयन गराउने निर्णय गरेको हो ।

सरकारले जारी गरेको आदेश कार्यान्वयन भए/नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाउने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै, कोरोना न्युनिकरण गर्न आवश्यक अन्तरक्रिया, छलफल र जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए । सरकारले सोमबार ‘नयाँ भेरिएन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : १५ बजे

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’