लुम्बिनीमा मन्त्री बनेका चार सांसदलाई जसपाले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

लुम्बिनीमा मन्त्री बनेका चार सांसदलाई जसपाले सोध्यो स्पष्टीकरण


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।

लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि सोमबार बिहान हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए ।

‘पार्टी प्रदेश समितिको चैत २६ गतेको निर्णय र संसदीय दलको बैसाख ६ गतेको निर्णय अनुसार सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो’–पत्रमा सोधिएको छ–‘दल र दलका नेताको निर्देशन (ह्वीप) किन उल्लंघन गरेको हो ? प्रचलित कानून र संसदीय दलको विधान विपरित अर्को संसदीय दल गठन केका आधारमा गरेको हो ?’

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने दलका नेता यादवले बताए ।

पत्र बुझ्न अस्वीकार

संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले अस्वीकार गरेका छन् । पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएको जसपाका प्रदेश समिति पदाधिकारीले बताए ।

कार्यक्रम बहिष्कार गर्ने निर्णय

यसैबीच जसपा रुपन्देहीले पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी चारैजना मन्त्रीको कार्यक्रम बहिष्कार गर्न कार्यकर्तालाई अपील गरेको छ ।

पार्टी अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै मन्त्रीहरु सहभागी सामाजिक र राजनीतिक कार्यक्रमहरुमा पार्टीका नेता कार्यकर्तालाई उपस्थित नहुन अपील गरेका हुन् ।

यस्तो छ स्पष्टीकरण पत्र

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : ४० बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा