लमजुङ भूकम्प : यस्तो छ क्षतिको विवरण « Khabarhub

लमजुङ भूकम्प : यस्तो छ क्षतिको विवरण


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा केन्द्रविन्दु बनाएर बुधबार बिहान आएको ५ दशमलव ८ रिक्टर स्केलको भूकम्पमा ६ जना घाइते भएका छन् ।

बिहीबार बिहानसम्म प्राप्त विवरणमा ७३ घरमा क्षति पुर्‍याएको छ । घाइते ६ मध्ये एकको अवस्था गम्भीर छ ।

जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत जगदीश मिश्रका अनुसार भूकम्पले पुराना र ढुंगा माटोले बनेका कच्ची घरमा बढी क्षति भएको छ । उनका अनुसार सबैभन्दा बढी बेंसीसहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको छ ।

कपुरगाउँका चार घर भत्किएका छन् भने अन्य तीन घरमा क्षति पुगेपछि गाउँलेलाई अन्यत्र बस्ने व्यवस्था गरिएको छ ।  यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरी र प्रहरी निरीक्षकको भान्सा घर चर्किएको छ । भान्साको काम गर्न जाखिम भएको कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

बुधबार बिहान ५:४२ बजे लमजुङ उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्र बनाएर भूकम्प गएयता २४ घण्टामा ८६ पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ५० बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको