लमजुङ भूकम्प : यस्तो छ क्षतिको विवरण « Khabarhub

लमजुङ भूकम्प : यस्तो छ क्षतिको विवरण


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा केन्द्रविन्दु बनाएर बुधबार बिहान आएको ५ दशमलव ८ रिक्टर स्केलको भूकम्पमा ६ जना घाइते भएका छन् ।

बिहीबार बिहानसम्म प्राप्त विवरणमा ७३ घरमा क्षति पुर्‍याएको छ । घाइते ६ मध्ये एकको अवस्था गम्भीर छ ।

जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत जगदीश मिश्रका अनुसार भूकम्पले पुराना र ढुंगा माटोले बनेका कच्ची घरमा बढी क्षति भएको छ । उनका अनुसार सबैभन्दा बढी बेंसीसहर नगरपालिकामा ४० वटा घरमा क्षति भएको छ ।

कपुरगाउँका चार घर भत्किएका छन् भने अन्य तीन घरमा क्षति पुगेपछि गाउँलेलाई अन्यत्र बस्ने व्यवस्था गरिएको छ ।  यसैगरी, जिल्ला प्रहरी कार्यालयमा रहेको जुनियर प्रहरी र प्रहरी निरीक्षकको भान्सा घर चर्किएको छ । भान्साको काम गर्न जाखिम भएको कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

बुधबार बिहान ५:४२ बजे लमजुङ उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्र बनाएर भूकम्प गएयता २४ घण्टामा ८६ पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ५० बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले