मिठो निन्द्राका लागि उपयोगी १० टिप्स | Khabarhub Khabarhub

मिठो निन्द्राका लागि उपयोगी १० टिप्स


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर स्वस्थ्य रहन र मन शान्त हुन निन्द्रा अपरिहार्य छ । निन्द्रा पर्याप्त भएन भने मधुमेह, डिप्रेसनजस्ता रोग लाग्नुको साथै मोटोपन बढ्ने समस्या पनि देखा पर्दछ । त्यसैले मीठो र गहिरो निद्रा जगाउन यि टिप्स अपनाउँ :

१. रातमा थोरै खाने
नेपालीहरुमा रातको खाना पेट डम्म हुनेगरी अघाउँजी खाने बानी छ । तर यति धेरै मात्रामा खाने यो बानीले निन्द्रा बिथोल्छ । त्यसैले रातमा हलुका खाना खानु उपयुक्त मानिन्छ ।

२. सुत्नुअघि मदिरा नखाने
मदिराको लत परेकाहरु रातमा एक चुस्की पिएपछि निद्रा लाग्ने गलत भ्रम पाल्दछन् । जो सत्य होइन । यसले मानिसलाई छिट्टै निद्रा त लगाउँछ, तर केही घण्टामै निद्रा भंग हुन्छ र छिनछिनमा बिउँझिने समस्या हुन्छ । जसले निन्द्रा पुरा हुन पाउँदैन ।

३. दिउसो यि चिज नखाने
दिउँसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गरेको भए दिउँसो २ बजेपछि यस्ता पेय लिन छाड्नुहोस् । यो बानी निन्द्राकालागि घातक मानिन्छ ।

३. तातो पानीले ननुहाउनुस्
कामबाट घर फर्केपछि धेरैमा तातो पानीले नुहाउने बानी हुन्छ । तर तातो पानिले नुहाउँदा मीठो निद्रा पर्दैन । त्यसैले नुहाउनै परे सुत्नुभन्दा अघि नै नुहाउने बानी बसाल्नुहोस् ।

४. सुत्ने कोठामा मधुरो बत्ती
एकदमै उज्यालोमा सुत्न जाँदा निदाउन समय लाग्न सक्छ । तसर्थ बेडरुममा मधुरो बत्ती हुनु पर्दछ । जसले मीठो निद्राकालागि ओछ्यानमा पल्टिनुअघि नै मुड बन्न पुग्छ ।

५. ओछ्यानमा मोबाइल नचलाउने
आजकल धेरै मानिसमा ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ । तर यसरी मोवाइल चलाउँदा यसैमा अलमलिने भएकाले निद्रा लाग्न पाउँदैन । साथै, सुत्दा अनिवार्य मोवाइल साइलेन्समा राख्ने गर्नुहोस् ।

६. सुत्ने तालिका बनाउने
सुत्ने र उठ्ने समय तालिका नबनाएको भए तत्काल यो बनाउनुहोस् र यसको पालना गर्नुहोस् । सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी भए अनिद्राको समस्या हट्दै जानेछ ।

७. चुरोट छाड्ने
चुरोट खाने बानी छ र अझ सुत्नुअघि अनिवार्य चुरोट पिउने लत छ भने निन्द्रा लाग्दैन । त्यसैले चुरोट छाड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउन सक्छन् । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

८. धेरै नसोच्ने, गीत सुन्ने
धेरै सोच्ने, मनमा कुरा खेलाउने मानिसमा अनिन्द्राको समस्या हुन्छ । यस्तो भए धेरै सोच्ने, चिन्ता लिन छाड्नु पर्दछ । बरु निद्रा लाग्दैन भने मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाउनु पर्दछ ।

९. सुताईको पोजिसन
निदाउँदा आफुलाई कुन पोजिसनमा निन्द्रा पर्दछ त्यसबारे ध्यान दिई त्यहि पोजिसनमा सुत्ने कोशिस गर्नु पर्दछ । अधिकाशं मानिसलाई उत्तानोको तुलनामा कोल्टे वा घोप्टो पर्दा निन्द्रा पर्ने गर्दछ ।

१०. खानपानमा परिवर्तन
मीठो निद्रा जगाउन खानपानको भुमिका महत्वपुर्ण हुन्छ । त्यसैले चिल्लो, पिरो अमिलो र मसलेदार खाना खानबाट जोगिनु पर्दछ । साथै माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एकलाई हरेक दिनको खानामा समावेश गरे मिठो निन्द्रा पर्दछ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ४ : ३० बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई