र्‍यापर रकीको प्रेममा रिहान्ना « Khabarhub

र्‍यापर रकीको प्रेममा रिहान्ना


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायिका रिहान्ना केही समय यतादेखि अमेरिकी र्‍यापर आसाप रकीसँग सम्बन्धमा रहेको खुलेको छ । हालैको एक अन्तरवार्तामा र्‍यापर रकीले रिहानालाई ‘आफ्नो जीवनको प्रेम’ रहेको उल्लेख गरेपछि उनीहरु प्रेममा रहेको खुलेको हो ।

बीबीसीका अनुसार सन् २०१३ मा आसापले रिहान्नाको ‘डायमण्ड वल्र्ड टुर’मा समर्थन गरेपछि उनीहरु डेटिङमा रहेको चर्चा चलेको थियो ।

‘उनी सायद अरुको जस्तो करोडौंको पनि हुनसक्छिन् । मलाई लाग्छ, जब तपाईंलाई थाहा हुन्छ, तपाईंलाई थाहा छ’, उनले भनेका छन्, ‘उनी एक हुन् ।’

यो जोडी सन् २०१३मा फेसन कलाका लागि रकीले बनाएको भिडियोमा फिचर्ड छन् । उनीहरु आधिकारिक रुपमा प्रेममा परेपछि पापराजी तथा फोटोग्राफरबाट बचेर हिँडिरहेका थिए ।

सन् २०१९ मा स्टकहोमको झगडामा संलग्न रहेको आरोपमा वास्तविक नाम रकिम मेयर्स रहेका रकीलाई दुई वर्षसम्म निलम्बन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ३५ बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार