घरभित्रै अराधना गरी जानकी नवमी मनाउन आग्रह « Khabarhub

घरभित्रै अराधना गरी जानकी नवमी मनाउन आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारीका कारण घरभित्रै जानकी नवमी मनाउन जानकी मन्दिरको महन्थ रोसन दासले आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन जानकी नवमी यस वर्ष घरभित्रै मनाउन आग्रह गरेका हुन् ।

महामारी नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको निषेधज्ञाका कारण भागवान सिताको जन्मउत्सवको रुपमा मनाइने जानकी नवमी विधि पुर्‍याउन श्रद्धालुलाई घरभित्रै मनाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रत्येक वर्ष भगवान सिताको जन्म दिनको अवसरमा मनाइने जानकी नवमी आज विहिबारदेखि शुरु भएपनि कोरोनोको कारण उत्सव देखिएको छैन् ।

निषेधाज्ञाको कारण मन्दिरको मुल गेटसमेत बन्द गरिएको छ । आज जानकी जन्मोत्सव भएपनि जानकी मन्दिरको मुल ढोका बन्द छ भने न मन्दिर पनि सुनसान रहेको छ । सर्वसाधारणको लागि मन्दिरको मुल ढोका बन्द गरेर सम्पूर्ण विधि अपनाएर नवमी मनाउने महन्थ दासको भनाइ छ ।

‘कोरोनाको कारण प्रशासनले निषेधाज्ञा लगाएको छ । जसको कारण मन्दिर पनि बन्द छ तर दैनिक पूजापाठ र जानकी नवमीमा हुने विधिहरुमा कुनै कटौती गरिएको छैन्,’ उनले भने, ‘सरकारले जारी गरेको सबै नियमको पालना गरी नवमी मनाउछौं । पूजा अराधनामा दशजना भन्दा ढी सहभागि हुँदैनन् ।’

मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली साँझ सात बजे आरती गर्न महन्थ दासले आग्रह गरेका छन् । साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १ : ४७ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि