स्पेनबाट प्राप्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण | Khabarhub Khabarhub

स्पेनबाट प्राप्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

चार्टर जहाजबाट ल्याइएको समान सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले हस्तान्तण गरेका हुन् ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामग्री छ ।

सामग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहितको टोली नेपाल आएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गएपछि स्वास्थ्य सामग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै यो सामग्रीले केही भए पनि राहत पुग्ने विस्वास लिएको डाइरेक्टर सोलिमनले बताए । बुधबार मात्र २४६ जनाको मृत्यु भएको थियो ।

यता बिहीबार चीन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ३ : १५ बजे

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै