सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग « Khabarhub

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

कोरोना नियन्त्रणमा सर्वदलीय सर्वपक्षीय संयन्त्र आवश्यक


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरिएको माओवादी स्थायी कमिटी सदस्य बर्षमान पुनले बताए ।

बिपत सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा कानूनी व्यवस्थासहितको निकाय रहेको र स्वास्थ्य जोखिम सम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उनले बताए ।

पहिलो चरणको कोरोना महामारीपछि सरकारले आवश्यक तयारी गर्न नसकेको र प्रयाप्त समन्वय गर्न नसकेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पुनले बताए ।

त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय सर्वपक्षीय संयन्त्र बनाएर कोरोनासंग जुध्न परिचालन गरिनुपर्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कोरोनासंग जुध्न बनाइएको कमिटी र अन्य नीति तथा अभियान शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने स्थायी कमिटी सदस्य पुनले बताए ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ३ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना