सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग « Khabarhub

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

कोरोना नियन्त्रणमा सर्वदलीय सर्वपक्षीय संयन्त्र आवश्यक


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरिएको माओवादी स्थायी कमिटी सदस्य बर्षमान पुनले बताए ।

बिपत सम्बन्धी घटना हेर्न गृह मन्त्रालयमा कानूनी व्यवस्थासहितको निकाय रहेको र स्वास्थ्य जोखिम सम्बन्धी निकायलाई पनि काम गर्न नदिएको भन्दै कानूनी हैसियत नभएको सीसीएमसीलाई खारेज गरिनुपर्ने माओवादीको ठहर रहेको उनले बताए ।

पहिलो चरणको कोरोना महामारीपछि सरकारले आवश्यक तयारी गर्न नसकेको र प्रयाप्त समन्वय गर्न नसकेकाले अध्यक्ष प्रचण्डको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पुनले बताए ।

त्यस्तै प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय सर्वपक्षीय संयन्त्र बनाएर कोरोनासंग जुध्न परिचालन गरिनुपर्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कोरोनासंग जुध्न बनाइएको कमिटी र अन्य नीति तथा अभियान शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने स्थायी कमिटी सदस्य पुनले बताए ।

बैठकले पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अझै क्रियाशील बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ३ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल