एक सातामा कोरोना संक्रमण दर कम, निको हुने दोब्बर « Khabarhub

एक सातामा कोरोना संक्रमण दर कम, निको हुने दोब्बर


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमण दर घट्न थालेको छ भने निको हुने क्रम बढ्न थालेको छ । विगत एक हप्ताको तथ्यांक अनुसार कोरोना संक्रमित हुने दर घटेको छ । संक्रमण मुक्त हुने दर बढेको छ ।

एक हप्ताको तथ्यांकमा संक्रमित हुनेको दर ४४ प्रतिशतबाट घटेर ३७ आएको छ । यो घटेको तथ्यांक कोरोना परिक्षण गराएका संख्याका आधारमा तयार गरिएको दर हो । यसैगरी निको हुने दर समेत लगभग दोब्बरले बढेको छ । गत हप्ता निको हुने दर ५६ प्रतिशत रहेकोमा सो दर बुधबार ९८ प्रतिशतको हाराहारीमा पुगेको छ ।

विगत २४ घन्टामा २१ हजार ८७४ जनाले पिसिआर परिक्षण गराएकोमा ३७.३६ प्रतिशत अर्थात ८ हजार १७३ संक्रमित भएका छन् । यसैगरी संक्रमण मुक्त हुनेको ७ हजार ९८९ रहेको छ । यो २४ घन्टामा हालसम्मकै उच्च २४६ जनाको मृत्यु भएको छ । यो मृत्युदर हालसम्मको सबै भन्दा बढी हो । यसैगरी बुधबारसम्म १ हजार ६१८ संक्रमित आईसियु र ३८१ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मगलबार मात्र नेपालमा नयाँ ३ प्रकारका कोराना भेरियेन्टको संक्रमण रहेका जनाएको छ । यो ३ प्रकारका विकास भएको भाईरसको सर्ने र यसले ल्याउने जोखिम उच्च रहेकोले सजग हुन अनुरोध गरेको छ । नयाँ प्रजातीको भाईरस संक्रमणलाई पनि हाल खोप लगाएकालाई प्रभावकारी रहेको मन्त्रालयको भनाइ छ ।

यो नयाँ प्रजातिको भाइरसको संक्रमणले पूर्ण खोप लगाएकालाई गम्भिर असर कम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको दर अझै २ हप्ता यस्तै अवस्था रहने जनाउँदै तत्काल निधेधाज्ञा कायम नै राख्नु पर्ने सुझाब दिएको छ ।

आम मानिसले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था अझै जटिल हुने जनाएको छ । यो अवधिमा दोस्रो चरणको खोप लगाउने तालिकामा परेका नागरिकलाई खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ३ : २९ बजे

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण