एक सातामा कोरोना संक्रमण दर कम, निको हुने दोब्बर | Khabarhub Khabarhub

एक सातामा कोरोना संक्रमण दर कम, निको हुने दोब्बर


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमण दर घट्न थालेको छ भने निको हुने क्रम बढ्न थालेको छ । विगत एक हप्ताको तथ्यांक अनुसार कोरोना संक्रमित हुने दर घटेको छ । संक्रमण मुक्त हुने दर बढेको छ ।

एक हप्ताको तथ्यांकमा संक्रमित हुनेको दर ४४ प्रतिशतबाट घटेर ३७ आएको छ । यो घटेको तथ्यांक कोरोना परिक्षण गराएका संख्याका आधारमा तयार गरिएको दर हो । यसैगरी निको हुने दर समेत लगभग दोब्बरले बढेको छ । गत हप्ता निको हुने दर ५६ प्रतिशत रहेकोमा सो दर बुधबार ९८ प्रतिशतको हाराहारीमा पुगेको छ ।

विगत २४ घन्टामा २१ हजार ८७४ जनाले पिसिआर परिक्षण गराएकोमा ३७.३६ प्रतिशत अर्थात ८ हजार १७३ संक्रमित भएका छन् । यसैगरी संक्रमण मुक्त हुनेको ७ हजार ९८९ रहेको छ । यो २४ घन्टामा हालसम्मकै उच्च २४६ जनाको मृत्यु भएको छ । यो मृत्युदर हालसम्मको सबै भन्दा बढी हो । यसैगरी बुधबारसम्म १ हजार ६१८ संक्रमित आईसियु र ३८१ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मगलबार मात्र नेपालमा नयाँ ३ प्रकारका कोराना भेरियेन्टको संक्रमण रहेका जनाएको छ । यो ३ प्रकारका विकास भएको भाईरसको सर्ने र यसले ल्याउने जोखिम उच्च रहेकोले सजग हुन अनुरोध गरेको छ । नयाँ प्रजातीको भाईरस संक्रमणलाई पनि हाल खोप लगाएकालाई प्रभावकारी रहेको मन्त्रालयको भनाइ छ ।

यो नयाँ प्रजातिको भाइरसको संक्रमणले पूर्ण खोप लगाएकालाई गम्भिर असर कम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको दर अझै २ हप्ता यस्तै अवस्था रहने जनाउँदै तत्काल निधेधाज्ञा कायम नै राख्नु पर्ने सुझाब दिएको छ ।

आम मानिसले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था अझै जटिल हुने जनाएको छ । यो अवधिमा दोस्रो चरणको खोप लगाउने तालिकामा परेका नागरिकलाई खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ३ : २९ बजे

बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित

धनगढी– बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ ।

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पदाधिकारी

कर्णालीमा खसेका व्यक्तिको उद्धारमा गएका ८ जना भीरमै अड्किए 

धनगढी– स्वामीकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँका ३८ वर्षीय पुसे

किन गुरु सडकमा, के हुन् शिक्षकका माग ?

विद्यार्थीलाई ज्ञान बाढ्नुपर्ने गुरु प्राय हरेक वर्ष आन्दोलनका लागि काठमाडौं

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते 

धनगढी– बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।