एमाले कार्यदल बैठक आज पनि स्थगित | Khabarhub Khabarhub

एमाले कार्यदल बैठक आज पनि स्थगित


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज ५ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेकाले स्थगित भएको जनाइएको छ । यसअघि बुधबार पनि आज बस्ने गरी स्थगित भएको थियो ।

आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने जनाइएको थियो । गत मंगलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन आह्वान गरेको थियो ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको चर्किएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलम संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्। ​

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ४ : ४९ बजे

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा