सञ्चारकर्मी लामिछाने लेख्छन् : पैसाको अभावमा उपचार बिहीन हुनु पर्दैन, हामी छौँ | Khabarhub Khabarhub

सञ्चारकर्मी लामिछाने लेख्छन् : पैसाको अभावमा उपचार बिहीन हुनु पर्दैन, हामी छौँ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मसँगै सामाजिक कार्यमा सहयोग पुर्‍याउँदै आएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले विपन्न बिरामीहरुले पैसाको अभावमा उपचारविहीन हुन नपर्ने बताएका छन् ।

उनले यो विषम परिस्थितमा बिरामीहरुको उपचारका लागि गरेका कामबारे सामाजिक सञ्जालमा आएका विभिन्न टिकाटिप्पणीहरुको खण्डन गर्दै विपन्न बिरामीहरुका लागि आफूहरु भएको र पैसाको अभावमा उपचार विहीन हुनु नपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘ विपन्न बिरामीका लागि चाहिँ हामी छौं है। पैसाको अभावमा उपचार बिहीन हुनु पर्दै पर्दैन।’

बिपन्न विरामीहरुका लागि जनमैत्री अस्पतालमा उपचार हुने बताएका छन् । उनले अस्पतालमा हाल ४५ जना उपचाररत रहेको र ८ जना आईसीयूमा रहेको जनाएका छन् । त्यसैगरी दर्जनौँले इमेर्जेन्सी सेवा लिएको जनाएका छन् ।

उनले सो अस्पतालमा विपन्नहरुका लागि पीसीआर र उपचार निशुल्क हुने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

सीमित स्वास्थ्यकर्मीहरु स्रोत साधनका कारण भनेजस्तो गुणस्तरीय सेवा पुर्‍याउन नसकिएको जनाएका छन् ।

उनले कतिपय बिरामीको स्वास्थ्य जटिलता हाम्रो वश भन्दा माथिको कुरा भएको तथ्य बुझाउन नसक्दा गाली र अपजस पनि खाएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘यसलाई हामीले अस्वभाविक वा नराम्रो मानेका भने छैनौं। तर खोटो नियत बोकी त्यसै बदनाम गराउन भुन्भुनाएको भुन्भुनाइ गर्ने केही मान्छेहरुको फुर्सद देखेर चाहिँ अचम्म लाग्छ। सर म्याडमहरु न भुन्भुनाऔं,घरै बसौं,सुरक्षित बसौं । स्थिति भयावह छ,पहिला बाच्नुस् ,बाच्नु भो भने त हामी जस्तो केही गर्छु भन्नेहरुलाई फोकडमा गाली आरोप बदनाम गर्ने अवसर त कति पाउनु हुन्छ कति।’

उनले आफूले बाचुन्जेल राम्रो काम गर्ने बताउँदै अस्पतालका लागि विभिन्न सामग्री,उपकरण,अक्सिजन लगायतको सहयोग गर्नु हुने व्यक्ति तथा संघ संस्थाहरु प्रति कृतज्ञता प्रकट गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : ४२ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्