सञ्चारकर्मी लामिछाने लेख्छन् : पैसाको अभावमा उपचार बिहीन हुनु पर्दैन, हामी छौँ « Khabarhub

सञ्चारकर्मी लामिछाने लेख्छन् : पैसाको अभावमा उपचार बिहीन हुनु पर्दैन, हामी छौँ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मसँगै सामाजिक कार्यमा सहयोग पुर्‍याउँदै आएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले विपन्न बिरामीहरुले पैसाको अभावमा उपचारविहीन हुन नपर्ने बताएका छन् ।

उनले यो विषम परिस्थितमा बिरामीहरुको उपचारका लागि गरेका कामबारे सामाजिक सञ्जालमा आएका विभिन्न टिकाटिप्पणीहरुको खण्डन गर्दै विपन्न बिरामीहरुका लागि आफूहरु भएको र पैसाको अभावमा उपचार विहीन हुनु नपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘ विपन्न बिरामीका लागि चाहिँ हामी छौं है। पैसाको अभावमा उपचार बिहीन हुनु पर्दै पर्दैन।’

बिपन्न विरामीहरुका लागि जनमैत्री अस्पतालमा उपचार हुने बताएका छन् । उनले अस्पतालमा हाल ४५ जना उपचाररत रहेको र ८ जना आईसीयूमा रहेको जनाएका छन् । त्यसैगरी दर्जनौँले इमेर्जेन्सी सेवा लिएको जनाएका छन् ।

उनले सो अस्पतालमा विपन्नहरुका लागि पीसीआर र उपचार निशुल्क हुने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

सीमित स्वास्थ्यकर्मीहरु स्रोत साधनका कारण भनेजस्तो गुणस्तरीय सेवा पुर्‍याउन नसकिएको जनाएका छन् ।

उनले कतिपय बिरामीको स्वास्थ्य जटिलता हाम्रो वश भन्दा माथिको कुरा भएको तथ्य बुझाउन नसक्दा गाली र अपजस पनि खाएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘यसलाई हामीले अस्वभाविक वा नराम्रो मानेका भने छैनौं। तर खोटो नियत बोकी त्यसै बदनाम गराउन भुन्भुनाएको भुन्भुनाइ गर्ने केही मान्छेहरुको फुर्सद देखेर चाहिँ अचम्म लाग्छ। सर म्याडमहरु न भुन्भुनाऔं,घरै बसौं,सुरक्षित बसौं । स्थिति भयावह छ,पहिला बाच्नुस् ,बाच्नु भो भने त हामी जस्तो केही गर्छु भन्नेहरुलाई फोकडमा गाली आरोप बदनाम गर्ने अवसर त कति पाउनु हुन्छ कति।’

उनले आफूले बाचुन्जेल राम्रो काम गर्ने बताउँदै अस्पतालका लागि विभिन्न सामग्री,उपकरण,अक्सिजन लगायतको सहयोग गर्नु हुने व्यक्ति तथा संघ संस्थाहरु प्रति कृतज्ञता प्रकट गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : ४२ बजे

आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा