स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जना पक्राउ « Khabarhub

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जना पक्राउ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मोरङको विराटनगरबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा बिहीबार दिउँसो विराटनगरको रोडशेष चोकबाट २२ लाख ८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का २५ वर्षीय श्रवण साह, रङ्गेली नगरपालिका–१ बबियाविर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार, बिहीबार विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा २५ वर्षीय साहले बोकेको झोलाबाट २१ लाख ७१ हजार पाँच सय र उनीसँगै रहेकी चौधरीको साथबाट २३ हजार भारतीय रुपैयाँ बरामद भएको हो ।

मोटरसाइकलमा रहेका उनीहरुलाई रोडशेष चोकमा चेकजाँच गर्ने क्रममा रकम भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका साह र चौधरीको बयानपछि प्रहरीले अमृतलाई घरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : १५ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर