कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा « Khabarhub

कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ ।

कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।

कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो ।

असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : १५ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था