पसल फुटाएर नगद तथा सामान चोरी गर्दै हिँड्ने दुईजना पक्राउ « Khabarhub

पसल फुटाएर नगद तथा सामान चोरी गर्दै हिँड्ने दुईजना पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर ११ का २९ वर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी थान-१, कानमा लगाउने झुम्का थान-३, लेड टिभी थान-१, मोबाइल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का विनोद कुमार नुनियाले सञ्चालन गरेको महाविर इलेक्ट्रिक पसलमा भेन्टिलेसन फुटाई नगद ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोडका समिर लामाको पसलमा राती झ्याल फुटाई नगद ८९ हजार १ सय ४५ र २ वटा मोबाइल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर – ९ महेन्द्रचोकस्थित अनिस रिजालले संचालन गरेको अफिसको ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको सुनचाँदी पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पूजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३० बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी