अभिनेत्री शिल्पाका पति राज पक्राउ « Khabarhub

अभिनेत्री शिल्पाका पति राज पक्राउ


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । उनीमाथि अश्लील फिल्म बनाउने कामसँगै केही एप्समा ती फिल्म राख्ने गरेको आरोप लागेको छ ।

क्राइम ब्राञ्च मुम्बईले सन् २०२१ को फेब्रुअरीमा उनीमाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रसारण गरेको उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले राज संलग्न रहेको आफूहरुसँग पर्याप्त प्रमाण भएका आधारमा पक्राउ गरेको जनाएको छ । सोमबार राजलाई मुम्बई प्रहरीको अपराध शाखाको सम्पत्ति प्रकोष्ठमाझ उपस्थित गराइएको थियो ।

राज यसअघि कैयौं पटक विवादमा आइसकेका छन् । यसअघि मोडल र अभिनेत्री पुनम पाण्डेले राज र उनका सहयोगीविरुद्ध बम्बई उच्च अदालतमा उजुरी दिएकी थिइन् ।
राजको कम्पनीले आफ्नो तस्वीरलाई गलत रुपमा प्रयोग गरेको आरोप पुनमले लगाएकी थिइन् । उनले पुनमको आरोपको खण्डन गर्दै आफूले पोर्न फिल्म बनाउने काम छोडिसकेको दाबी गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : २५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय