साङ्लालाई कसरी भगाउने ? « Khabarhub

साङ्लालाई कसरी भगाउने ?


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई साङ्ग्ला घिनलाग्दा लाग्छन् भने धेरै महिला त योसँग डराउनेसमेत गर्दछन् । साङ्ग्लाले खाना, कपडा लगायत कोठाका धेरै सामग्रीमा क्षति पुर्याउँछ ।

साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता समेत उच्च हुन्छ । साथै यसलाई सजिलै मार्न पनि सकिदैन । किनभने यसको टाउको छिनाइयो भनेसमेत केही दिनसम्म यो जीवित रहन सक्छ । यो प्राय: भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केही घरेलु विधि पनि अपनाउन सकिन्छ ।

१. साङ्ला भगाउने पहिलो उपाय हो यसलाई अनुकुल नहुने गरी घरको सरसफाई गर्नु । किनभने सफा र उज्यालो र सफा स्थान साङ्लालाई अनुकुल हुदैँन ।

२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिसेर बनाइएको पेस्टलाई पानीमा मिसाएर घोल तयार पार्ने । उक्त घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा नियमित छर्कने गरेमा केही समयमै साङ्लाको समस्याबाट राहत मिल्दछ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्ने । यसको छेवैमा थोरै पानी पनि राखिदिने । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसकालागि कुनैपनि साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : २० बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता