टेलिभिजन होस्टबाट बिदा लिँदै आदित्यनारायण « Khabarhub

टेलिभिजन होस्टबाट बिदा लिँदै आदित्यनारायण


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– गायक तथा ‘इण्डियन आइडल–१२’ का होस्ट आदित्य नारायण झाले सन् २०२२ पछि होस्टिङ नगर्ने बताएका छन् । आदित्यले हालसम्म करिब १२ रियालिटी शोको होस्ट गरिसकेका छन् ।

आदित्यले आफूमा जिम्मेवारी बढ्दै गएको र अझ अगाडि बढ्न चाहेकाले होस्टको काम छोड्ने बताएका छन् । ‘टेलिभिजनमा सन् २०२२ मेरा लागि होस्टको अन्तिम वर्ष हुनेछ । अब केही ठूलो काम गर्ने समय आइसकेको छ । मेरो केही अगाडिकै प्रतिबद्धता छन्, जुन आगामी महिनामा पुरा हुनेछन् । मेरो यो उद्योगमा राम्रो सम्बन्ध छ । अहिले मैले बीचमै छोडें भने सबैले मलाई बीचमै छोडिएको हवाइजहाज बनाउछन्’, उनले भनेका छन् ।

उनले टेलिभिजनमा काम सुरु गर्दा आफू सानो उमेरको रहेको र आगामी वर्षसम्ममा आफू एक बाबु बनिसक्ने तर्क गरे । उनले आगामी दिनमा कुनै गेम शोको हिस्सा बन्ने या कुनै शोको निर्णायक बन्ने खुलाए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : १५ बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक