बेलायतमा नेपाली पश्मिना बेच्थे शिल्पाका पति राज « Khabarhub

बेलायतमा नेपाली पश्मिना बेच्थे शिल्पाका पति राज


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्रालाई मुम्बई क्राइम ब्राञ्चले सोमबार पक्राउ परेपछि उनी यतिबेला चर्चामा छन् । प्रहरीले उनलाई अश्लील फिल्म बनाएर केही एप्समार्फत प्रसारण गरेको आरोप लगाएको छ ।

राज कुनै विवादमा पहिलोपटक मुछिएका होइनन् । उनी यसअघि आइपीएल सट्टाबाजीमा दोषी पाइएका छन् । राजस्थान रोयल्सका सह–संस्थापक राजले केही वर्ष अघि आफूले सट्टेबाजी गरेको स्वीकारेका थिए ।

मध्यम वर्गीय परिवारमा जन्मिएका राजलाई उनका आमाबाबुले निकै अभावग्रस्त अवस्थामा पालनपोषण गरे । उनको जन्म लण्डनमा भएको थियो । राजका पिता बालकृष्ण कुन्द्रा पञ्जाबको लुधियानाको भए पनि उनी लण्डनमा बस्थे ।

जहाँ उनी बस कण्डक्टर बने । राजकी आमा उषा रानी कुन्द्रा एक पसलमा काम गर्थिन् । राजका पिताले एक रेष्टुरेन्ट खोलेपछि एकदिन राजलाई ‘कि रेष्टुरेन्ट चलाउनु या आफैं काम सुरु गर्नु’ भनेपछि यसलाई गम्भीरतापूर्वक लिँदै उनले आफ्नो यात्रा सुरु गरे ।

त्यसपछि उनी केही पैसा लिएर दुबई गए । उनले त्यहाँ हीरा कारोबारीलाई भेटे, तर कुराकानी गरेनन् । त्यसपछि उनी दुबईबाट नेपाल आए र केही पश्मिना सल किनेर ब्रिटेनका केही ब्राण्डेड स्टोरमा बेच्न सुरु गरे । यो व्यापारमा प्रतिष्पर्धा बढेपछि उनले यसलाई छोडेर हिराको कारोबार गर्न दुबई गए ।

राजको १० कम्पनी छन् । उनलाई सन् २००४ मा एक ब्रिटिस पत्रिकाले ‘सबैभन्दा धनी एशियाली ब्रिटिश’को सूचीमा १ सय ९८ औं स्थानमा राखेको थियो । उनीसँग २८ सय करोडको सम्पत्ति छ ।

उनले दुईपटक विवाह गरेका छन् । उनको पहिलो विवाह कविता कुन्द्रासँग भएको थियो । कवितासँग अलग्गिएपछि उनले अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : ३५ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने