वैशाखयता प्राकृतिक प्रकोपमा परी १२१ जनाको मृत्यु, ३६ बेपत्ता | Khabarhub Khabarhub

वैशाखयता प्राकृतिक प्रकोपमा परी १२१ जनाको मृत्यु, ३६ बेपत्ता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैशाखपछिको प्राकृतिक प्रकोपमा परी मुलुकका विभिन्न जिल्लामा १२१ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि साउन ५ गते मंगलबारसम्म सो संख्यामा हताहती भएको जनाएको हो ।

४ महिनाको अवधिमा १७२ वटा पहिरोका घटनामा ३२ जनाको र ७७ वटा बाढीको घटनामा २७ जनाको मृत्यु भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणले मंगलबार सूचना सार्वजनिक गर्दै पहिरोमा ७ र बाढीमा परी २७ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर र बाढीमा बगेर घाइते भएका ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ती घटनामा ३ सय ४ घरपरिवार प्रभावित भएको जानकारी गराउँदै प्राधिकरणले ६ करोड ५७ लाख बढी रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गरेको छ ।

अविरल वर्षापछिका विभिन्न १४३ वटा घटनामा ८ जनाको मृत्यु भएको र १४ जना घाईते भएको उल्लेख गर्दै प्राधिकरणले १५५ घर परिवार प्रभावित भएको बताएको छ ।

चट्याङबाट पछिल्लो चार महिनामा मात्रै ३८ जनाले ज्यान गुमाएको प्राविधकरणको विवरणमा उल्लेख छ । मुलुकका विभिन्न जिल्लामा १३५ वटा चट्याङका घटना भएका छन् भने ती घटनामा ११५ जना घाईते भएको प्राधिकरणको तथ्याङ्क छ ।

यो चार महिनामा मुलुकका विभिन्न जिल्लामा आगलागीका ५२३ घटना भएका छन् । आगलागीबाट १२ जनाको मृत्यु हुनुको साथै ८२ जना घाईते भएका छन् । आगलागीबाट ६६३ घरपरिवार प्रभावित भएको र ४४ करोड ७१ लाख ४५ हजार बढी मूल्य बराबरको क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ । सोही अवधिमा डढेलोका ६२ वटा घटनामा ३ जनाको मृत्यु र एक जना घाईते भएका छन् ।

वैशाख एक गतेदेखि साउन ५ गते मंगलबारसम्म हावाहुरीका ३२ वटा घटना भएको र ती घटनामा एक जनाले ज्यान गुमाएका छन् । हावाहरीमा परी ४ जना घाईते भएको र बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार, मंगलबार पनि कालीकोट, सुर्खेत, भोजपुर, सोलुखुम्बु र सिन्धुलीका विभिन्न स्थानमा पहिरो खसेको छ भने धनकुटा र दार्चुलामा अविरल वर्षाका कारण घरहरुमा क्षति पुगेको छ । आगलागीबाट रौतहटको वृन्दावन नगरपालिकामा २ जना घाईते भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : २५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले