होण्डा ग्राजिआ अब बीएसभी मोडलमा, मूल्य कति ? « Khabarhub

होण्डा ग्राजिआ अब बीएसभी मोडलमा, मूल्य कति ?


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले नेपाली बजारमा होण्डाको बीएसभी मोडललाई लन्च गरेको छ ।

आकर्षक र स्टाईलिस लुक रहेको १२५ सीसी नयाँ बीएसभी मोडलमा नयाँ फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीले जनाएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको जनाइएको छ । यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होण्डाको प्रोग्राम फ्यूल इन्जेक्टर टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीको दाबी छ ।

यस नयाँ मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडियलिङ स्टप राखिएको छ भने इन्जिन स्टार्टरस्टप स्वीच समेत राखिएको छ ।

यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषता थपिएको जनाइएको छ ।

नेपाली बजारमा ग्राजिआ बीएसभी डीआरएस मोडलको मूल्य रु.२ लाख ६९ हजार ९०० रहेको छ भने ग्राजिआ बीएसभी डीडीएस मोडलको मूल्य रु.२ लाख ८९ हजार ९०० रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४६ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका