होण्डा ग्राजिआ अब बीएसभी मोडलमा, मूल्य कति ? « Khabarhub

होण्डा ग्राजिआ अब बीएसभी मोडलमा, मूल्य कति ?


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले नेपाली बजारमा होण्डाको बीएसभी मोडललाई लन्च गरेको छ ।

आकर्षक र स्टाईलिस लुक रहेको १२५ सीसी नयाँ बीएसभी मोडलमा नयाँ फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीले जनाएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको जनाइएको छ । यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होण्डाको प्रोग्राम फ्यूल इन्जेक्टर टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीको दाबी छ ।

यस नयाँ मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडियलिङ स्टप राखिएको छ भने इन्जिन स्टार्टरस्टप स्वीच समेत राखिएको छ ।

यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषता थपिएको जनाइएको छ ।

नेपाली बजारमा ग्राजिआ बीएसभी डीआरएस मोडलको मूल्य रु.२ लाख ६९ हजार ९०० रहेको छ भने ग्राजिआ बीएसभी डीडीएस मोडलको मूल्य रु.२ लाख ८९ हजार ९०० रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४६ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक