कांग्रेसका १० युवा नेताहरूको माग : पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गरियोस् « Khabarhub

कांग्रेसका १० युवा नेताहरूको माग : पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गरियोस्


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी भित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमुलक कार्यक्रमहरु भइरहेकोप्रति लक्षित गर्दै युवा नेताहरुले पार्टी भित्र न्यायका लागि धर्ना दिनु पर्ने र अनशन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेसका १० युवा नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै चौधौँ महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरू र क्रियाशील सदस्यताका विषयमा केन्द्रीय कार्यालयमा भइरहेको धर्नाको सम्बोधन गर्न माग गरेका हुन् ।

नेताहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको प्रेस विज्ञप्तिमा क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

‘मुख्य गरी पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यहरुको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन । पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय विपरीत गरिने कार्यले कसैको भलो गर्दैन ।’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनशनमा बसेका छन् । उनीहरुले विगत साढे तीन वर्षमा ओली नेतृत्वको सरकारको निरंकुश व्यवहारले जनतामा बढाएको निराशाको अन्त्य गर्दै कष्टकर हुँदै गएको दैनिकीमा सुधार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ४५ बजे

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’

आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस, चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ– आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज– सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका

तराईमा तातो लहर, केही क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल