कांग्रेसका १० युवा नेताहरूको माग : पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गरियोस् | Khabarhub Khabarhub

कांग्रेसका १० युवा नेताहरूको माग : पार्टीभित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गरियोस्


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी भित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबाबमुलक कार्यक्रमहरु भइरहेकोप्रति लक्षित गर्दै युवा नेताहरुले पार्टी भित्र न्यायका लागि धर्ना दिनु पर्ने र अनशन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेसका १० युवा नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै चौधौँ महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरू र क्रियाशील सदस्यताका विषयमा केन्द्रीय कार्यालयमा भइरहेको धर्नाको सम्बोधन गर्न माग गरेका हुन् ।

नेताहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको प्रेस विज्ञप्तिमा क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

‘मुख्य गरी पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यहरुको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुँदैन । पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय विपरीत गरिने कार्यले कसैको भलो गर्दैन ।’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनशनमा बसेका छन् । उनीहरुले विगत साढे तीन वर्षमा ओली नेतृत्वको सरकारको निरंकुश व्यवहारले जनतामा बढाएको निराशाको अन्त्य गर्दै कष्टकर हुँदै गएको दैनिकीमा सुधार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ४५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक