कोरोनाबाट बच्न भन्दै विषालु सर्प खाएपछि… « Khabarhub

कोरोनाबाट बच्न भन्दै विषालु सर्प खाएपछि…


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको संक्रमणबाट बच्न मानिस मास्क, स्यानिटाइजर प्रयोग गरीरहेका छन् । तातो र झोलीलो पोषणयुक्त खानेकुरा खाने र रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय अपनाउँदै आएका छन् । तर भारतका एक व्यक्ति भने अनौठो हर्कतबाट चर्चामा आएका छन् ।

भारत तमिलनाडुको मदुरै जिल्ला निवासी एक व्यक्तिले कोरोनाबाट बच्न सबै हद पार गरेका छन् । ५० बर्षिय वादिवेलु पेशाले किसान हुन् । उनी बिषालु सर्प खाएमा कोरोना संक्रमणबाट बच्न सकिने बताउँदै आएका छन् । कुरा भन्नेमा मात्र सिमित भएको भए त ठिकै थियो तर उनले भने आफ्नो कुरा साबित गर्न एक सर्प खाएरै देखाए ।

वादिवेलुले सर्प खाएको भिडियो इन्टरनेटमा भाइरल बन्यो । वादिवेलु विषालु सर्प खानु लाई कोविडको एन्टीडोट मान्दछन् । उनको यो मुर्खता पुर्ण बयान र कार्यपछि उनलाई पक्राउ गरीएको छ ।

अनुसन्धानकर्ताका अनुसार वादिवेलुले सर्प खादा सर्पको विष गन्थ्री चबाएनन् त्यसैले उनको मृत्यु हुनबाट जोगियो । अन्यथा उनको मृत्यु हुन्थ्यो ।

अनुसन्धान अनुसार उनले मादक पदार्थ सेवन गरेका कारण उनले बेहोसीमा त्यसो गरे । तसर्थ यस प्रकारको मुर्खता कसैले गर्नुहुदैँन । अन्यथा मृत्यु हुनसक्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : १९ बजे

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव