नेपाल समूहका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुखको कार्यकक्षमा « Khabarhub

नेपाल समूहका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुखको कार्यकक्षमा


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाहीको माग गर्दै एमाले नेता सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

पार्टीले कारबाही गर्न सिफारिस गरेका माधवकुमार नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा पुगेका हुन् ।

बुधबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईको टोलीले १४ जना सांसदहरुलाई कारबाही गर्न माग गर्दै सभामुखलाई दबाब दिएका थिए ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ ।

सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ०४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक