कुलतमा फस्नेमा ‘पढ्दै गरेका युवा’ « Khabarhub

कुलतमा फस्नेमा ‘पढ्दै गरेका युवा’


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पढ्ने तथा सिर्जनशील काम गर्ने १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधका कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ३०७ लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ती समूहका २६१ जना अर्थात् ८५ प्रतिशत छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश अभियुक्त माध्यमिक शिक्षा (दश जोड दुई) र उच्च शिक्षा पढ्ने पाइएको बताए । कुलतमा फसेपछि उनीहरूको पढाई बिग्रिने गरेको छ । सोही आवमा १८ देखि २० वर्षमा पक्राउपर्ने १५३ र २५ देखि ३५ वर्षका १०८ रहेको उनले बताए ।

पक्राउ परेका युवामध्ये प्रवेशिका परीक्षा र दश जोड दुई पढ्दै गरेका १०२, कक्षा १० का १०१ र सामान्य साक्षर १०४ रहेको जनाइएको छ । जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र विहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै स्वदेशमा लागुऔषध भित्रिँदै आएको छ ।

कोभिड–१९ को महामारीमा नाकाबन्द भएका अवस्थामा समेत लागुऔषधको कारोवार जिल्लामा घटेको छैन । आर्थिक वर्ष २०७७/७८ मा पक्राउ परेका कूल कारोवारीमध्ये भारतीय नागरिक आठ प्रतिशत छन् ।

जिप्रकाको तथ्याङ्कअनुसार सो आवमा जिल्लामा लागुऔषधको १९५ मुद्दा दर्ता भएका छन् भने अघिल्लो आव मा ११८ मात्र मुद्दा दर्ता भएका थिए । जिल्लामा दर्ता भएका मुद्दा र पक्राउ परेका अभियुक्तको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागुऔषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।

आव २०७७/७८ मा पक्राउ परेकामध्ये ४२ प्रतिशतले लागुऔषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए जबकि आव २०७६/०७७ मा यो प्रतिशत २६ मात्र थियो । आव २०७७/०७८ मा पक्राउ परेकामध्ये ३८ प्रतिशतले लागुऔषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । बीस प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीट्याङ्की नेपालमा लागुऔषध भित्रिने मुख्य अखडा हो । कोरोना महामारीका कारण काँकडभिट्टा मूल नाका बन्द भएका अवस्थामा कारोवारीले उत्तर बाहुनडाँगी र दक्षिण ज्यामिरगढी क्षेत्रसँग जोडिएको खुला सीमाबाट लागुऔषध लुकाइछिपाइ भ्यिाउने गरेका छन् ।

लागुऔषध ओसारपसार र बिक्रीका लागि यसमा संलग्न व्यक्तिले चिकित्सकको सिफारिसको बहानासमेत गरेको पाइएको छ । पक्राउ परेकाको बयानका आधारमा २२ प्रतिशतले चिकित्सकको सिफारिस बहाना बनाएको स्वीकार गरेका थिए । शरीरमा लुकाएर ३८ प्रतिशत, सवारी साधनमा लुकाएर २३ प्रतिशत र अन्य मालसामानमा लुकाएर १७ प्रतिशतले धन्धा चलाइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

चालू आवका गत साउन महिनामा मात्र २१ लागुऔषधका मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ३१ अभियुक्त पक्राउ परेका छन् । साउन २४ गते दमककी एक युवती लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा मेचीनगरमा पक्राउ परेकी थिइन् ।

पढ्ने र काम गरी खाने उमेरका नवयुवा लागुऔषधको कुलतमा फस्नु चिन्ताका विषय बनेको छ । प्रहरीले विद्यार्थीलाई कुलतमा नलाग्न विगतमा विद्यालयमै गएर शिक्षा दिने अभियान सञ्चालन गरेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाले यस्तो अभियानमा सघाउने गरेका थिए । अहिले कोरोना कहरका कारण विद्यालय बन्द रहेका अवस्थामा युवा कुलतमा फस्न थालेको पाइएको छ । रासस

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : २५ बजे

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त