अफगानिस्तानका नेपालीलाई फिर्तीको व्यवस्था मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

अफगानिस्तानका नेपालीलाई फिर्तीको व्यवस्था मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी मानवअधिकार, शान्ति एवं समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।

गृह मन्त्रालयमा आज भएको छलफलमा अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकको उद्धार र सकुशल स्वदेश फिर्ताका लागि आवश्यकताअनुसार अन्य मुलुकसँग समेत समन्वय र सहकार्य गरी प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो ।

यसैगरी कोभिड–१९को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारले सक्षमता प्रदर्शन गर्न आग्रह पनि गरिएको छ ।

प्रतिनिधिमण्डलले आणविक हतियार निषेध सन्धिलगायत विभिन्न अन्तरराष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न पनि आग्रह गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौँलागाई, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौँ शाखा सभापति ईश्वर पुडासैनी सहभागी भएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ४५ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका