रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको पुनरागमन जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको पुनरागमन जित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामविरूद्ध पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्याममाथि २-१ गोलको जित निकालेको हो ।

वेस्ट ह्यामको मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे । वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल फर्काए ।

खेलको ३०औँ मिनेटमा बेन्राह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई कायमै राख्न सकेन ।

३५औँ मिनेटमा युनाईटेडका रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ८९औँ मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

खेलको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पर्‍यो ।

जितसँगै युनाइटेड ५ खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ८ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ४० बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको