रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको पुनरागमन जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडको पुनरागमन जित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामविरूद्ध पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्याममाथि २-१ गोलको जित निकालेको हो ।

वेस्ट ह्यामको मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे । वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल फर्काए ।

खेलको ३०औँ मिनेटमा बेन्राह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई कायमै राख्न सकेन ।

३५औँ मिनेटमा युनाईटेडका रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ८९औँ मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे ।

खेलको इन्जुरी समयमा वेस्ट ह्यामले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पराजित हुन पर्‍यो ।

जितसँगै युनाइटेड ५ खेलमा १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ८ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ४० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका