पीएजीको अपराजित यात्रा कायमै, प्रशिक्षकसँग मेस्सी असन्तुष्ट « Khabarhub

पीएजीको अपराजित यात्रा कायमै, प्रशिक्षकसँग मेस्सी असन्तुष्ट


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अपराजित यात्रा कायमै राखेको छ ।

आइतबार राति पीएसजीले लियोनलाई २–१ गोलले हराउँदै पीएसजीले अपराजित यात्रा कायमै राखेको हो ।

पीएसजीको जितमा नेयमार र इकार्डीले गोल गरे । लियोनका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले ६ खेलबाट शत प्रतिशत जितसहित १८ अंक बटुलेको छ ।

मेस्सी असन्तुष्ट

घरेलु मैदानमा पहिलो पटक उत्रिएका लियोनल मेस्सी प्रशिक्षकसँग असन्तुष्ट बनेका छन् ।

दोस्रो हाफमा उनलाई मैदान बाहिर निकालिएपछि उनी प्रशिक्षक मौरिसियो पोचिटिनोसँग असन्तुष्ट भएका हुन् ।

पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए । उनको स्थानमा आच्राफ हाकिमी मैदान छिरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : २६ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका