आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ? « Khabarhub

आजदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, कुन जिल्लामा कसले पाउँछन् ?


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो ।

सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष माथिकालाई पनि खोप लगाउने मनत्रालयले जनाएको छ । साथै १८ वर्षमाथिका विद्यार्थीले पनि खोप पाउँने छन् ।

रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी रहेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ असोजसम्म पहिलो मात्राको खोप लगाउन लागिएको हो । पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई ४ देखि १४ कार्तिकसम्म दोस्रो मात्रामा भेरोसेल खोप नै लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ३४ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय