एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित « Khabarhub

एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । राष्ट्रियसभाबाट फिर्ता आएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुनेछ ।

रष्ट्रियसभाले १५ दिनभित्र फिर्ता गर्नुपर्ने प्रावधान छ । म्यादभित्र फिर्ता नभए प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न रोकिने छैन ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेका थिए । आज बजेट निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ गठबन्धनमा रहेका सबै सांसद उपस्थित भएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ०७ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय