घनश्यामलगायत १० जनाले ओलीसँग आत्मसमर्पण गरे : प्रचण्ड (भिडियोसहित) « Khabarhub

घनश्यामलगायत १० जनाले ओलीसँग आत्मसमर्पण गरे : प्रचण्ड (भिडियोसहित)

अब क्रान्तिकारीहरु बसेर समीक्षा गरौँ


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतका १० जनाले केपी ओलीसँग आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।

सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले भने,’ओली जालीझेली नेता हो भनेर भन्ने घनश्याम, गोकर्ण, योगेशलगायतका १० जना नै हो । तर आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको देखेर अनौठो लाग्यो ।’

आफूलाई वैचारिक भन्ने नेताहरुले नै आत्मसमर्पण गर्नु अनौठो भएको उनको भनाइ छ ।

दाहालले आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागको भन्दै चिन्ता पनि व्यक्त गरे ।

‘हाम्रो पार्टी विस्तार एमालेकरण हुन थाल्यो । एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भष्ट्राचार, पद जसरी नि प्राप्त गर्ने, गुट नै गुट एमाले भनेको त्यही हो,’ उनले भने । एमालेको विचार, सिद्धान्त सूर्य मात्रै भएको पनि दाबी गरे ।

दाहालले अब क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताएका छन् । देशभरी विस्तारै उभार आउने संकेत देखिएको बताएका दाहालले प्रतिगमन कसले परास्त गर्‍यो भन्दा आफूहरुलाई नै जनताले श्रेय दिने दाबी गरे ।

पूर्वमाओवादी एवम् क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ । उनले विप्लव, वैद्य, उपेन्द्र-बाबुराम, मोहनविक्रमहरु एकै ठाउँमा बसेर ऐतिहासिक समीक्षा गर्ने समय आएको धारणा राखे ।

कार्यकर्तामा नभइ नेताहरुमा समस्या भएकाले अहिलेको अवस्था आएको दाहालको धारणा छ । उनले भने, ‘अहिले जनता, कार्यकर्ता बिग्रिएको होइन, नेताले गर्दा बिग्रिएको हो । अरुलाई दोष नलगाई मैले गर्दा बिग्रिएको भनेर अगाडि बढ्दा सफल भइन्छ।’

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : २७ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई